आफ्नै कार्यकर्ताबाट प्रकाशमान कुटिए

Published: Feb 18, 2010 by Moktan Filed under: News Views: 1007 Tags: News
[+] [a] [-] Related articles Comments
Matrika Poudel
imageकहिले माला गलामा, कहिले थप्पड गालामाः कांग्रेस उपसभापति प्रकाशमान सिंह, फाइल तस्वीर









आन्तरिक विवाद मिलाउन नसकेको भन्दै पार्टी कार्यालयको मूल गेटमा बसेका कार्यकर्ताहरुले कांग्रेस उपसभापति प्रकाशमान सिंहलाई पार्टी कार्यालयभित्र प्रवेश गर्न रोक्न खोज्ने क्रममा झडप भएको छ । पार्टीको आन्तरिक विवाद समाधान समितिका संयोजक रहेका सिंहलाई ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यर्ताहरुले रोक्न खोज्दा सिंहले कार्यकर्ताहरुलाई धकेलेपछि तनाव उत्पन्न भएको हो ।ओखलढुङ्गाका असन्तुष्ट कांग्रेस कार्याकर्ताहरुले उहाँलाई केन्द्रीय समितिको बैठकका लागि सानेपास्थित पार्टी मुख्यालय प्रवेश गर्ने क्रममा रोकेपछि सिंहले धकेलेपछि कार्यकर्ताहरु सिंहमाथि जाईलागेका थिए ।


सिंहमाथि कार्यकर्ताहरुले हातपात गरेपछि सुरक्षाका लागि आएको प्रहरीले कार्यकर्तालार्इ रोक्न खोजेपछि प्रहरीसंग दोहोरो झडप भएको छ ।

झडपमा कांग्रेसका कार्यकर्ता ओखलढुङ्गाका मोहन घिमिरे, टेकराज कटवाल तथा संखुवासभाका रामकुमार थापा सामान्य घाइते भएका छन् । झडपका क्रममा तीन वटा कुर्सी समेत भाँचिएको बताइएको छ ।

ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यर्ताहरुले मंगलबार पनि पार्टी कार्यालयमा नारावाजी गर्दै कार्यवाहक सभापति सुशील कोइरालाविरुद्ध खनिएका थिए ।

जिल्ला विवाद नमिलेका कारण बुधबार दिउँसो १ बजेदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

विभिन्न जिल्लामा देखिएको विवाद, क्रियाशिल सदस्यता वितरण, १२ औं महाधिवेसनको मिति तय गर्ने लगायतका विषयमा छलफल गर्न पदाधिकारीहरुको बैठक अहिले बसिरहेको छ । पदाधिकारीको बैठकपछि मात्र केन्द्रीय कार्यमितिको बैठक बस्ने छ ।

पार्टी एकीकरणपछि विभिन्न २७ जिललामा देखिएका विवाद मिलाउन उपसभापति सिंहको संयोजकत्वमा पार्टीले विवाद समाधान समिति गठन गरेको थियो ।

समितिले गरेको निर्णय मध्ये संखुवासभा, ओखलढुंगा, कैलाली, प्यूठान, बारालगायतका जिर्लामा विवाद अझै पनि कायम छ ।

पदाधिकारी बैठक सुरु हुनुअघि संखुवासभा र ओखलढुंगाका कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा धर्ना दिएर नेताहरुलाई बैठकस्थलमा जान झन्डै दुई घण्टा रोक लगाएका थिए । यसैवीच तरुण दल काठमाण्डौं जिल्ला कार्यसमितिका अध्यक्ष जीवन डंगोललाई निष्कासन गरेको बिरोधमा महानगर समितिका अध्यक्ष रमेश महर्जन लगायत आमरण अनसनमा बसेका छन् । डंगोललाई पनि सिंह समितिले हटाएको थियो ।



Source Nepali TV


Post your comment

Be the first to comment on this Video
Your name:


Your comment:


Confirm:



* Please keep your comments clean. Max 400 chars.

hit analyzer
New York Quick Cash