सेवा र सुविधा वृद्धिको माग गर्दै नेपाल वायुसेवा निगमका पाइलटहरुले फागुन ४ देखि जहाज नउडाउने घोषणा गरेका छन । आन्तरिक उडान गर्न निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीका पाइलटका तुलनामा कम सेवा सुविधा पाइरहेको निगमका पाइलटहरुको गुनासो छ ।
निगमका पाइलटहरुको संगठन नेपाल एयरलाइन्स पाइलटस एसोसिएसन -नापा) का अध्यक्ष क्याप्टेन वाइ. के. भट्टर्राईका अनुसार निगम व्यवस्थापनलाई पाइलटको माग पूरा गर्न फागुन ३ गतेसम्मको अल्टिमेटम दिइएको छ । माग पूरा नभए फागुन ४ देखि जहाज उडाउन बन्द गर्ने भट्टर्राईले भन्नुभयो । यसअघि व्यवस्थापनले अन्य देशका र निजी क्षेत्रका कम्पनीका दाँजोमा आफना पाइलटको सेवा सुविधाबारे तुलनात्मक अध्ययन गर्न समिति गठन गरे पनि माग पूरा भएको छैन । पाइलटको पदोन्नति नौं तहबाट माथि जान रोकिएको छ ।
Source nepalitv.com